लेकाली अनलाइन , ५६४५ पटक हेरिएको

सल्यानको शारदा नगरपालिका – १५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएको आरोपमा उनिहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरू विरुद्ध आयोगले सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ ।
नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाइ बनाइको पाइएकाले आरोपीसँग बिगो बमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ ।
आयोगले सुन्दर डाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कँवर र सचिव मानदेव कँवर विरुद्ध सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।
यो बर्षको अन्तिम दिन भैली कपुरकोटमा
प्रकाशित मिति: २०२२-११-३० , समय : २०:४०:१५ , १० महिना अगाडि