आफ्नै देश विश्वकपबाट बाहिरिदा पनि सम्पूर्ण देशवासीले खुशीयालीका साथ उत्सव मनाएको दृश्य सार्वजनिक भएको छ । , ४८३१ पटक हेरिएको
कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति भएको समूह ‘बी’को खेलमा अमेरिकासँग पराजित हुँदै ईरान बाहिरिदा सम्पूर्ण देशवासीले खुशी मनाएका छन् । आफ्नै देश विश्वकपबाट बाहिरिदा पनि सम्पूर्ण देशवासीले खुशीयालीका साथ उत्सव मनाएको दृश्य सार्वजनिक भएको हो ।
इरानमा अहिले सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । गत सेप्टेम्बर १६ मा माशा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकारप्ति लक्षित विरोध सुरु भएको हो । माशालाई हिजाब राम्रोसँग नलगाएको आरोप लागेको थियो ।
इरानमा महिलालाई टाउको नछोपी बाहिर निस्कन दिइदैन । कुनै महिलाले टाउको नढाकी बाहिर निस्किएको देखा परका त्यहाँका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने गरेका छन् । प्रदर्शनकारीहरूले माशालाई प्रहरीले यातना दिएको र उनको मृत्यु भएको आरोप लगाएका छन् ।
इरानको राष्ट्रिय टोल सरकारकै अंग रहेको मान्दै इरानका जनताले अमेरिकासँगको हारलाई उत्सवको रुपमा लिएर खुशीयाली मनाए । उनीहरुले फुटबल टोलिले आम इरानी जनताको प्रतिनिधित्व नगर्ने उनीहरुको बुझाई छ ।
राजधानी तेहरान लगायत इरानका धेरै ठूला शहरमा मानिसहरु सडकमा उत्रिएर अमेरिकासँगको पराजयको उत्सव मनाएका छन् ।
इरानमा, पछिल्लो प्रदर्शनमा महिलाहरू सक्रिय रूपमा सहभागी छन् । उनीहरूले आफ्नो लागि थप अधिकार र खुलापनको माग गरिरहेका छन् । इरान सरकारले यस प्रदर्शनलाई दबाउन हरसम्भव प्रयास गरिरहेको छ ।
विश्वकपको पहिलो खेलमा इङ्गल्यणडविरुद्ध खेल शुरु हुनअघि इरानका फुटबलरहरुले राष्ट्रिय गान गाएका थिएनन् । प्रतियोगिताको शुरुवातमा इरान फुटबल टोलीका खेलाडीहरू पनि देशमा जारी विरोध प्रदर्शनसँग सहमत भएको बताइएको छ । तर, वेल्सविरुद्धको खेलमा उनले आफ्नो अडान बदलेर गान गाए । यसपछि इरानमा भएका प्रदर्शनका समर्थकहरूमाझ टोलीको लोकप्रियता घट्यो ।
इरान जारी विश्वकप अन्तर्गत समूहको तिनमध्ये दुई खेलमा हारको सामना गर्दै बाहिरिसकेको छ ।
प्रकाशित मिति: २०२२-१२-०१ , समय : ०९:००:०७ , ६ महिना अगाडि