सविन र अनुको फिचरिङमा ‘भाकि सके ’ सार्वजनिक

Roshan Pokharel , ९८६  पटक हेरिएको

काठमाण्डौं ।

गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

‘भाकि सके ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



प्रकाशित मिति: २०२२-१२-०५ , समय : १९:२४:०१ , २ महिना अगाडि