समयमा पानी नपर्दा ,सल्यानमा यो वर्ष टिमुर उत्पादनमा कमी

समयमा पानी नपर्दा ,सल्यानमा यो वर्ष टिमुर उत्पादनमा कमी , ३५८४  पटक हेरिएको

मंसिर २२ सल्यान । सल्यानमा यो वर्ष टिमुर उत्पादन घटेको छ । टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयम पानी नपर्दा उत्पादनमा कमी आएको हो ।

बनगाड कुपिण्डे नगरपलिका ९ सेरागाउँबाट मात्र गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताउनुभयो । गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेका उहाँले यो वर्ष २० किलो पनि पुग्न पनि गाह्रो भएको बताउनुभयो । नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उहाँको भनाइ छ ।

अर्का किसान पूणर्बहादुर बुढाले यो वर्ष आफ्नोमा टिमुर नफलेको बताउनुभयो । गत वर्ष १० क्विन्टल बिक्री गरेका बुढाले यो वर्ष निकै कम टिमुर फलेकाले बारीमै नगएको गुनासो गर्नुभयो । टिमुरबाट वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आएकोमा यसपटक एक हजार जुटाउन पनि धौधौ भएको बताउनुभयो ।

मसला र औषधीको रूपमा प्रयोग हुने टिमुर सल्यानको महत्त्वपूणर् नगदेबालीको रूपमा छ । जिल्लाका सबै स्थानीय तहमा टिमुर उत्पादन हुन्छ । सल्यानका किसानले टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको थियो। यो वर्ष उत्पादन घटेपछि किसान चिन्तित छन् ।

प्रकाशित मिति: २०२२-१२-०८ , समय : १९:०६:४८ , २ महिना अगाडि