अमित बाबू रोकायको संगितमा उत्कृष्ट गीत “एक्लै बाँच्न सक्दिन म” , ३५८७ पटक हेरिएको
काठमाडौं । लोकप्रिय गायक तथा मोडल पुस्कल शर्माको अभिनय रहेको नयाँ गीत “एक्लै बाँच्न सक्दिन म” सार्वजनिक भएको छ ।
एउटा सामाजिक कथामा आधारित गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । छुवाछूतप्रथा अझै अन्त्य नहुँदा टिका र पुस्कलको मायामा तगारो आएको गीतमा देखाइएको छ ।
यो गितमा स्वर चर्चित गाइका देबि घर्ति र नब गायक तिलाराम ढकालको रहेको छ। गीतको लय सिर्जना अमित बाबु रोकायले गर्नु भयको छ भने शब्द तिलाराम ढकाल र मोहन बिरहि श्रीपालिको रहेको छ ।
गितको म्युजिक एरेन्ज चर्चित एरेन्जर बिनोद बाजुरालिले गरेका छन् । रेकर्डिङ गोबिन्द पराजुली र सागर बाजुरालिले गरेका छन् भने मिक्सिङ्ग खडक बाजुरालिले गरेका हुन उक्त गितलाई मालश्री मा सम्पादन गरिएको छ ।
उक्त गितको भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन रहेको छ ।अभिनय अहिले सम्मकै पहिलो पर्दामा पुस्कल शर्मा र टिका सानुको छ। गित बुर्तिबाङ म्युजिकबाट Tilaram Dhakal युटुब च्यानलमा सार्वजनिक भयको छ।
प्रकाशित मिति: २०२२-१२-१० , समय : ०९:३१:०३ , ३ महिना अगाडि