सल्यान परिबेश डट्कम , २७२१ पटक हेरिएको
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १० पैयाँखर्कका ५० वर्षीय झुप बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो आफ्नै घरमा विद्युतबाट चल्ने सानो मिल चलाई मसला पिस्ने क्रममा एक्कासी विद्युत सट हुन गई करेन्ट लाग्दा बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: २०२२-१२-१२ , समय : १९:२३:३१ , ३ महिना अगाडि