जाडोमा नेत्र भण्डारीले ल्याए ,पछ्यौरीको सप्को

जाडोमा नेत्र भण्डारीले ल्याए ,पछ्यौरीको सप्को , ५०५८  पटक हेरिएको

अमृत बाबू बुढाथोकी ,
सल्यान ।चर्चित लोक तथा दोहोरी गायक नेत्र भण्डारीको ´पछ्यौरीको सप्को` सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहरी क्षेत्रमा विभिन्न उत्कृष्ट गीत बजारमा आउने क्रममा निकै फरक सैलिको भण्डारीले समय सान्दर्भिक लोक दोहोरी गीत ´पछ्यौरीको सप्को` बजारमा ल्याएका छन ।

जाडो समयलाई समावेश गरेर गायक भण्डारीले गीत बजारमा ल्याएका छन । गीतमा निकै उत्कृष्ट मौलिक शब्द भरिएका छन । प्रेम जोडिले रुचाउने शब्दले भरिएको गीतमा डम्बर चन्द बगरको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने नेत्र भण्डारीले गीतको संगीत भरकेका छन । गितमा नेत्र भण्डारी र  नानू गुरुङको आवाज रहेको छ

दशकौंदेखि गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेका गायक भण्डारी सल्यानमा जन्मिएका हुन । स्याउ ल्याईदिउकि केरा,नियति ,हार्दिक श्रद्धाञ्जली ,झुम्के फुलि ,बन पालेको लौरी ,जवानिको छल्का लगाएताका गीत निकै चर्चित गीत हुन ।

पछिल्लो गीत ´पछ्यौरीको सप्को` गीतको अडियो जस्तै उत्कृष्ट म्युजिक भिडियो पनि रहेको छ ।स्मृति तिमल्सिना (गुरु आमको)उत्कृष्ट निर्देशनमा रहेको गीतमा लोसम शर्मा र अन्जलि अधिकारीको अभिनय रहेको छ । गीत रिजन नेपाल युटुब मार्फत बजारमा सार्वजनिक भएको छ ।

हेर्नुस भिडियाे 

प्रकाशित मिति: २०२२-१२-१२ , समय : २३:३०:२४ , ६ महिना अगाडि