साइत जुराएर सन्तान जन्माउने लहरमा नेपाली दम्पती

Salyan Paribesh , ३१६  पटक हेरिएको

बच्चा जन्माउन पनि शुभ दिन, समय र तिथि हेर्ने चलन नेपाली समाजमा बढेको छ । साइत पारेर बच्चा जन्माउन सामान्य अवस्थामा सम्भव हुँदैन । तर, ज्योतिष अथवा धार्मिक गुरुहरुले सल्लाह दिएको समयमा शल्यक्रिया गरेर जन्माउने चलन बढेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।

ज्योतिषले राम्रो भनेको दिन, समय र तिथिमा जन्मिएको बच्चा स्वस्थ्य र वैभवशाली हुने विश्वासमा आफूले हेराएको साइतमा शल्यक्रिया गरिदिन आग्रह गर्ने जोडी बढेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चन्दा कार्की बताउँछिन् ।

प्रकाशित मिति: २०२२-०१-१३ , समय : १९:३९:५३ , १ वर्ष अगाडि