नेत्र पि भण्डारीको उत्कृष्ट लय सिर्जनामा ´यु.के जाने मायालाई` सार्वजनिक (भिडियो सहित) , ३६२५ पटक हेरिएको
दिल बिक्रम शाही
जाजरकोट पुष ०५ । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् , भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् , भने कति गर्ने समयमा छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
लोकप्रिय दोहोरी गायक तथा सर्जक सल्यानी गितसंगितका धरोहर नेत्र पि भण्डारीको उत्कृष्ट लय सिर्जनामा ´ यु.के जाने मायालाई ` बोलको गित भखर्रै सार्वजनिक भएको छ ।
गितमा आफ्नो मायालु यु.के जान लागेको र मायालाई के कोसेली उपहार दिने होला भन्ने शव्दमा रहेको सुन्न पाइन्छ । उक्त गितमा दिपा गुरुङ , नेत्र पि भण्डारी , पृथ्वी गुरुङ र बसन्ती सुनारी मगरले आवाजमा दिएका छन् । गितको लय सिर्जना नेत्र पि भण्डारीले गरेका छन् भने, शब्द सिर्जना डम्बर चन्द बगरले गरेका हुन् ।
उक्त गितको म्युजिक एरेन्ज डोल राज बार्घरे मगरले गरेका छन् भने,रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन् । मिक्सिङ्ग कुमार रानाले गरेका छन्।
गितको भिडियो निर्देशन दिप गुरुङले गरेका छन । सलिना बुढाथोकी , बिनोद श्रेष्ठ , अनिल गुरुङ (साइको ) लगायतको अभिनय रहेको देख्न सकिन्छ । भिडियो युट्युब च्यानल dipa Gurung बाट सार्वजनिक भएको छ । भिडियो हेर्न लिंक क्लिक गर्नु होला।https://youtu.be/KYmdaI-hvbA
प्रकाशित मिति: २०२२-१२-२० , समय : १०:००:५१ , ३ महिना अगाडि