याम थापा मगरको शव्द लयमा ´दन्त सेतो छ`सार्वजनिक , ४१२२ पटक हेरिएको
दिल बिक्रम शाही
जाजरकोट पुष ०५ । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । यसै क्रममा याम थापा मगरको शव्द लयमा ´दन्त सेतो छ`सार्वजनिक भएको छ ।
गितमा चर्चित गायक बसन्त थापा ,शान्ति श्री परियार र याम थापा मगर ले आवाज दिएका छन् । गितको शब्द लय सिर्जना याम थापा मगरले नै गरेका हुन। समर्थन आवाजमा कुशल बेलबासे , कुशल बिश्वकर्मा , रुपि सिन्जाली र प्रेमा रानाको आवाज रहेको छ । अडियो गित 1DB HD रेकर्डिङ स्टुडियोमा निर्माण गरिको छ। गितमा मान्छेको मन सफा रहेको अनुहारमा कालो भए पनि मन सफा हुनु पर्छ भन्ने भाव सुन्न सकिन्छ ।
उक्त गितको म्युजिक एरेन्ज याम थापा मगरले गरेका छन् भने,रेकर्डिङ बिमल चिनाल र बिनोद छिनालले गरेका हुन् । मिक्सिङ्ग HBN Kismat ले गरेका छन् ।
गितको भिडियो निर्देशन र कोरियोग्राफर शिव बि.क ले गरेका छन भने दुर्गेश थापा ,सागर लम्साल (बले) ,चादनी स्लिय र ज्विन ज्बिस श्रेष्ठको अभिनयमा रहेको छ । उक्त भिडियोलाई D-series युट्युब च्यानल बाट सार्वजनिक भएको छ । भिडियो हेर्न लिंक क्लिक गर्नु होला।https://youtu.be/_qxDb9y-aEk
प्रकाशित मिति: २०२२-१२-२० , समय : १०:३७:४५ , ६ महिना अगाडि