बादल आचार्य, लेखपोखरा सल्यान । , १२७८ पटक हेरिएको

सल्यान जिल्ला छत्रेश्वरि गाउपालिका वडा नं ५ लेखपोखरा मा रहेको लेखपोखरा साना किसान कृषि सहकारि संस्था लि.को ७ औँ वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।
लेखपोखरा साना किसान कृषि सहकारिकि सीता वलि सभा अध्यक्ष रहनुभएको सभामा प्रमुख अतिथि छत्रेश्वरि गाउपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी ले मैनबत्ति बालेर र व्यानर पढेर साधारणसभा उद्घाटन भएको थियो । साना किसान कृषि सहकारि संस्था लि कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्य र छत्रेश्वरि गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत विशिष्ट अतिथि रहेको साधारणसभा मा स्वागत मन्तव्य सहायक प्रबन्धक पार्वती केसिले राख्नुभएको थियोे ।
६२ वटा समूह भित्र ४९५ घरपरिवार लाई आबद्ध गराई २ करोड ६ लाख २६ हजार लगानि गरेको यश संस्थाले ८४ लाख ४१ हजार १ सय ६५ निक्षेप संकलन गरेको छ । शेयर पुजिँ ११ लाख ९० हजार,जगेडा कोष ५५ लाख ६ हजार ६ सय सत्र रुपैया ५८ पैसा र खुद मुनाफा १ लाख १ सय ५२ रुपैया को वार्षिक प्रतिवेदन विवरण संस्थाकि उपाध्यक्ष लिला वलि प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभा मा महेन्द्र मावि लेखपोखरा का शिक्षक मान बहादुर केसि,शेयर सदस्य गोविन्द केसि,अखिल क्रान्तिकारी जिल्ला संयोजक रमेश बुढाथोकी, दमाचौर साना किसान सहकारि दमाचौर संस्थाका प्रबन्ध मिलन वलि,लंकेनि साना किसान कृषि सहकारी संस्था झिम्पेका प्रबन्धक भुपेन्द्र राज खड्का, साना किसान कृषि सहकारि संस्था कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्य,छत्रेश्वरि गापा वडा नं.५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत,छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतका प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिहरुले कृषिमा लगानि गरे मात्रै हामी नेपालिहरुको कल्याण हुनेछ तसर्थ कृषिमै लगानि गर्ने वातावरण बनाेस,बचत गर्ने बानि अनिवार्य बसाल्नु पर्छ , एक गाउँ एक कृषि प्राविधिकको नारा कार्यान्वयन होस भन्ने विभिन्न विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो भने साधारणसभा संस्थाकै प्रबन्धक धन बहादुर परियारले संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-१२-२४ , समय : १९:२६:२२ , १२ महिना अगाडि