पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त, सपथ भोली ४ बजे

मेरो लगानीबाट साभार , ५३१  पटक हेरिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नेकपा एमाले सहित सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको आजै शपथको तयारी गरे पनि समय नपुग्ने भएकोले भोलि साँझ ४ बजे मात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यलयले जनाएकाे छ ।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : १९:२३:०२ , ३ महिना अगाडि