सल्यान परिबेश डट्कम , ९३८ पटक हेरिएको

१६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक शुक्रबार सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनी टुँडिखेलस्थित गुरुङ समुदायको तमु ल्होसार समारोहमा उपस्थित भए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो भनाइ राख्दै शुभकामना दिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिवद्धता जनाएका हुन् ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस
प्रकाशित मिति: २०२२-१२-३१ , समय : ११:२८:०४ , ३ महिना अगाडि