कतार पठाइदिन्‍छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

सल्यान परिबेश डट्कम , ३७१  पटक हेरिएको

१८ पुस, काठमाडौं। प्रहरीले कतार पठाइदिन्‍छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका-१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका-१६ बस्‍ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्ध नगर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।

भण्डारीले पीडितहरुसँग पटक-पटक गरी १ लाख ७२ हजार रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-०२ , समय : २१:०२:२३ , ३ महिना अगाडि