विरही कार्कीको एकल गित ´एकलै भयो पिपलु`

दिल बिक्रम शाही , २२३५  पटक हेरिएको

लोक सर्जक तथा गायक विरही कार्कीले विशुद्ध लोक गीत ‘एक्लै भयो पिपलु’सार्वजनिक गरेका छन् । केही समय अघि ‘मायाको ढोका खोलिदेऊ’ल्याएका उनले पछिल्लो पटक लोक गीत ल्याएका हुन् ।

यस अघि नेपाल आएको समयमा रेकर्ड गरिएको गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् । अहिले उनी अमेरिकामा छन् ।
कार्कीकै सृजना र स्वरमा तयार भएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । विसीले विनोद भण्डारी, जुना गुरुङ लगायतलाई अभिनय गराएका छन् ।

करण चैसिरले छायांकन गरेको दृष्य सम्पादन नविन घर्ति मगरले गरेका छन् । गीतमा एक प्रेमिल जोडीको गरिबीले निम्त्याएको बाध्यतालाई प्रस्तुत गरिएको छ ।

सर्जक तथा गायक कार्की भन्छन्, ‘पैसा पनि फर्किदैन र भ्युज पनि जादैन तर म लोकगीतको परिधी कहिलै नागेर जादिन । यी यस्तै कोसेली प्रस्तुत गरि रहनेछु ।’


 

भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-०२ , समय : २२:१९:०७ , ९ महिना अगाडि