अर्घाखाँचीमा महिलालाई लुटपाट गरि हत्या गर्ने एक भारतीय नागरिक पक्राउ

सल्यान परिबेश डट्कम , ४४२  पटक हेरिएको

पुष १८ अर्घाखाँची – महिलाई लुटपाट गरि हत्या गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हाउस नं. के 1/192, नई पालम बिहार, गुडगाँव हरियाणा 122001 भारत घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १० स्थित बोखोर बस्ने शिव कला परिवार संग विवाह गरि बसेका वर्ष २३ को सुशान्त सिंह रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ।

 

आईतबार बिहान अन्दाजी ९ बजेतिर शितगंगा नगरपालिका वडा नं.१० स्थित सिद्धारा बोखोर स्थित जंगलमा ६० वर्षीय राधा थापाको मृतक लाश सडक देखि अन्दाजी १५ मिटर तल खोल्साको झाडीमा फेला परेको भन्ने जानकारी प्राप्त हुनसाथ तत्कालै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिई गई मृतक लाशको घटनास्थल हेर्दा शंकास्पद रहेको अनुमान गरेपछि लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा पठाई अनुसन्धान गर्दै जादा आईतबार दिउँसो अन्दाजी २:३० बजेतिर शितगंगा नगरपालिका वडा नं. ११ मुन्द्रीबास स्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा सिंहलाई फेला पार्दा उनले लगाएको कपडाहरुमा रगत लागेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाले फेला पारेको थियो।

उनलाई सोधपुछ गर्दा आफ्नो ससुराली घर नजिकै मृतक राधा थापाको घर रहेको र ससुराली घरमा आउदा मृतक महिलाले सुनका गर गहना लगाएको देखेको र महिला प्रत्येक दिन बिहान दुध लिन जाने गरेकोमा गर गहना लुट्ने योजना बनाई शनिबार कपिलवस्तु चन्दौटाको आफ्नो कोठाबाट एक्लै आई सो रात ससुरालीको एकान्तमा रहेको खाली घरमा एक्लै बसी आईतबार बिहान अन्दाजी ०५:३० बजेको समयमा मृतक महिला सधै दुध लिन जाने बाटो जंगल खोल्सोमा गई कुरेर बसी मृतक महिला दुध लिन गएको अवस्थामा पछाडीबाट ढुङ्गा र हँसियाले हानी मारी लतार्दै बाटो देखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगी मृतक महिलाले लगाएको सुनका गर गहना लिई भारत जाने मनसायले जंगलको बाटो भई भागेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवत्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

पक्राउ परेका सिंह माथि थप अनुसन्धानको लागि सोमबार अर्घाखाँची जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको प्रहरी निरीक्षक पौडेलले बताए।


प्रकाशित मिति: २०२३-०१-०२ , समय : २३:३४:५५ , ५ महिना अगाडि