सल्यान परिबेश डट्कम , ८४३ पटक हेरिएको

पुस १८ बाँके – खुकुरी प्रहार गरी फरार रहेका ४ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २९ को विनय भण्डारी, साेहि उपमहानगरपालिका वडा नं.६ बस्ने वर्ष ३१ को तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३१ को नारायण डाँगी र वैजनाथ गाउँपालिका वडा नं.५ बस्ने वर्ष २९ को प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उनिहरुले आइतबार दिउँसो २ बजेतिर बाँके नेपालगंज उप-महानगरपालिका वडा नं ४ गणेशपुर स्थित UP 32 EU 8616 नम्बरको भारतिय कारमा आएर नेपालगंज उप-महानगरपालिका वडा नं.१२ बस्ने अनुराग शाह, जानकी गाउँपालिका वडा नं.३ बस्ने उज्वल शाह र नेपालगंज उप-महानगरपालिका वडा नं.४ बस्ने सुभम जंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेकोमा प्रहरीले खाेजतलास गर्दै जादा बाँके डुडुवा गाउँपालिका वडा नं ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको UP 32 EU 8616 खैरो रंगको कार सहित चारै जनालाई डुडुवा गाउँपालिका वडा नं.२ दासपुरुवा भन्ने स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।
घटनाकाे खबर पाउनासाथ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटी गई तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएकाे थियाे भने उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगंज उपमहानगरपालिका वडा नं ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घर्तीले बताए।
प्रकाशित मिति: २०२३-०१-०२ , समय : २३:३९:२४ , ११ महिना अगाडि