सल्यान परिबेश डट्कम , १७७१ पटक हेरिएको

कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।
भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो।
कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताए।
बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए। मृतकको घरमा दुई छोरी र एक छोरा छन्।
प्रकाशित मिति: २०२३-०१-०३ , समय : ०८:४३:४७ , ११ महिना अगाडि