सल्यान महोत्सव ठेक्कामा, जिल्लाका कलाकारलाई बेवास्ता: यस्तो भन्छन आयोजक

गाउँबाट आएका सोझा नागरिक जुवामा लुटिए

अनलाइन तहल्का , २५४३  पटक हेरिएको

लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन र संस्कृती प्रवद्र्धनका लागि भन्दै सल्यानमा सञ्चालन गरिएको महोत्सव विक्रि भएको आरोप लागेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको आयोजनामा जारी महोत्सव विवादित बन्दै गएको हो । आयोजकले अरु नै व्यक्तिलाई महोत्सव ठेक्कामा दिएर विक्रि गरेको स्थानीयहरुले आरोप लगाएका छन् । आयोजकले समेत स्टल निर्माण, महोत्सवको सामग्री व्यवस्थापन देखी कलाकार सम्मको जिम्मा अरुलाई नै दिइएको स्वीकार गरेको छ ।

 

महासंघका जिल्ला उपाध्यक्ष सुमननाथ योगीले भने, ‘सामान देखि कलाकार उपलब्ध गराउने छुट्टै व्यक्ति छन् । उनीहरुले नेपाल अधिराज्यभर कलाकार लैजान्छन् । कलाकारलाई पैसा दिन्छन्,दिन्नन् त्यो हामीलाई थाहा छैन ।’

जिल्लाको कृषि, लघु उत्पादन प्रवद्र्धन र कला संस्कृति संरक्षण भनेर नारा बनाउने तर महोत्सवलाई ठेक्कामा विक्री गरेर लाखौं रकम कमाउने धन्दा जिल्लाको लागि गैर जिम्मेवारीपन भएको उद्योगीहरुको गुनासो छ ।

 

महोत्सवमा जुवा खेलाइएको, स्थानीय कलाकारहरुलाई वेवास्ता गरिएको, कलाकारलाई थाहा नै नदिएर उनीहरुको नाम प्रचार प्रसार गरिएको पाइएको हो । सल्यान जिल्लामा जन्मीएर, हुर्किएर लोक कला संस्कृतीमा निरन्तर लागिरहेका वरिष्ट लोक दोहोरी गायक तथा बाध्यवादक खर्क बहादुर बुढाको समेत नाम बेचेर आयोजकले कलाकारको अपमान गरेको पाइएको छ । वरिष्ट गायक बुढाले भने, ‘मलाई आजको दिनसम्म कसैले पनि कार्यक्रममा आउनुपर्यो भनेको छैन । आयोजक मध्येका कुनै व्यक्तिले हेलो समेत भनेको छैन । तर मेरो फोटो र नाम प्रचारप्रसार गरेका छन् भन्ने अरु नै व्यक्तिबाट थाहा पाएं ।

 

निकै दुःख लागेको छ ।’ पर्चा पम्पलेटमा नाम राख्दा समेत उनलाई जानकारी गराइएको थिएन । देश विदेशमा ख्याती कमाइसकेका सल्यानी गायत भागिरथ चलाउने लगाएत जिल्लाका दर्जनौ कलाकारहरुलाई महोत्सव आयोजकले वेवास्था गरेको हो ।आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष तथा बागचौर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम डाँगीले आफेहरुले स्टल निर्माण गर्दा बढी नै खर्च लाग्ने भएकाले अरुलाई जिम्मा दिइएको स्वीकार गरे । कलाकारहरुले पनि आफुहरुसंग धेरै पैसा माग्ने भएकाले उनीहरुलाई ल्याउने जिम्मा पनि अरुलाई नै दिइएको उनले बताए । ‘कलाकारहरुको विषय बुझ्नै सकिएन । यहाँका कलाकार हामीले भन्दा १५ हजार माग्छन्, तर उनीहरुले भन्दा पाँच हजारमै आउदोरहेछन् । त्यसैले यो जिम्मा अरुलाई दिइएको छ ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

अरु विभिन्न समितीहरु त हाम्रै छ’,उनले भने । तथापी आयोजकले बनाएका समिति जिम्मेवारीविहिन जस्तै छन् । महोत्सवमा जुवा खेलाइएको, कलाकारहरुको नाम प्रचार गरेर नबोलाइएको विषयमा आफुलाई पनि कुरा आएको बताउदै अध्यक्ष डाँगीले यसलाई सच्याउने बताए ।

गाउँबाट आएका सोझा नागरिकहरुलाई विभिन्न खेल खेलाएर हजारौं रकम लुट्ने काम भएको प्रति स्थानीयहरु आक्रोशित देखिएका छन् । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी पनि सल्यानमा जारि महोत्सव उद्देश्य भन्दा वाहिर गएको र यसको प्रभाव नकारात्मक रहेको बताए । ‘यो महोत्सव ठेक्कामा दिइएको छ । कतिमा ठेक्का दिइयो भन्ने कुरा केही दिनमा आउला । तर जिल्लाको रकम सबै वाहिर जानु, वाहिरका मानिसहरुको नियन्त्रणमा हुनु चिन्ताजनक अवस्था हो । महोत्सवमा जुवा खेलाउनु आपत्तिजनक छ,’ उनले भने । यस विषयमा आफुले स्थानीय प्रशासन, शारदा नगरपालिका लगाएतका सरोकारवालालाई जानकारी गराएर नियन्त्रणका लागि अनुरोध गरेको समेत अध्यक्ष बुढाथोकीले बताए ।

 

उद्योग वाणिज्य संघको यस अघिको नेतृत्वले सल्यानमा सञ्चालन गरेको महोत्सव पनि विवादित भएको थियो । महोत्सव ठेक्कामा लगाउने प्रचलनलाई रोक्नका लागि आफुहरुले महोत्सव नलगाएको बताए । घरेलु महासंघले उद्योग वाणिज्य संघ संग कुनै पनि समन्वय नगरेर महोत्सवको तयारी गर्नेबेला नै आफुहरुले आपत्ति जनाउदै प्रशासन, स्थानीय सरकार, वडा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको पनि उनले जानकारी गराए । ‘हामीले ध्यानाकर्षण संगै महोत्सवमा जिल्ला भित्रका व्यवसायीहरुलाई ६५ प्रतिशतस्टल उपलब्ध गराउनुपर्ने, यहाँका उद्योगी, व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट हुनुपर्ने माग गरेका थियौँ । त्यो केही पनि आयोजकले पालना गरेन,’ बुढाथोकीले भने ।

सल्यानको श्रीनगरमा जारी महोत्सव यहि पुस २३ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-०४ , समय : ०८:५४:३८ , १ महिना अगाडि