आज पौष २२ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

सल्यान परिबेश डट्कम , २२९९  पटक हेरिएको

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बल तथा पराक्रममा बृद्धिहुनेछ । मित्रजनहरु सगँको अधिक सामीप्यता कष्टकर रहनेछ । यात्रामा बिषेश साबधानी अपनाउनु पर्ने समय रहेकोछ । अधुराकार्य संचालन गर्नका निम्ती समय उत्तम रहेकोछ । अरुको बिश्वासमा पर्दा सामान्य समस्याको सामना गर्नु पर्नेछ ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।


मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।


फेसबुक को प्रेम –


धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।


कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।


मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-०६ , समय : ०२:०७:०४ , १ महिना अगाडि