आँधिखोला लघुवित्तले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

Merolagani , ७५१  पटक हेरिएको

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले माघ १३ गते, होटल गाउँवेशीको सभाहल, वालिङ्ग, स्याङ्जामा छैठौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २०२३-०१-०६ , समय : १३:३९:१७ , ९ महिना अगाडि