ईन्द्र ज्योती मा.वि मा भएको शुक्रवारे वर्ड मिनिङ्ग प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

दिल बिक्रम शाही , २८९५  पटक हेरिएको

जाजरकोटको शिवालय गाउँ पालिका ५ र ६ थालारैकरमा रहेको श्री ईन्द्र ज्योति मा.वि बिद्यालयमा (शुक्रवार) हिजो मिनिङ्ग प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम दिउसो १ बजे देखि संचालन भइ २ बजे समापन भएको छ ।

कार्यक्रम संचालन सोहि बिद्यालयका शिक्षक शान्त बहादुर बुढाले गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले सहभागीतामा भाग लिएका थिए । कार्यक्रममा उक्त बिद्यालयका मा.वि अंग्रेजी शिक्षक कृष्ण बहादुर रोकाय , नि.मा.वि अंग्रेजी शिक्षक मान बहादुर थापामगर ,मा.वि सामाजिक शिक्षक बिष्णुप्रसाद शर्माले वर्ड जाच गर्नु भएको थियो ।

कार्यक्रममा ५ वटा ग्रुप बिभाजन गरिएको थियो । सबै भन्दा धेरै वर्ड मिनिङ्ग मिलाउने ग्रुप C का विद्यार्थीले २९ नम्बरका साथ प्रथम पुरस्कार हात पारेका छन । त्यस्तै दृतियमा ग्रुप B का विद्यार्थीले २८ नम्बरका साथ दृतिय पुरस्कार पाएका छन् भने तृतीयमा ग्रुप E का बिद्यार्थीले २६ नम्बरका साथ तृतीय पुरस्कार पाएका हुन ।

कार्यक्रममा पुरस्कारको समेत व्यवस्था गरिएको थियो । मान बहादुर थापामगरले भने , सानो पुरस्कार भएपनि विद्यार्थीको भोलिको दिनमा क्षमता वृद्धि गराउन महत्त्वपूर्ण भुमिका रहन्छ त्यसैले पुरस्कार स्वरुप कपि र कलम सौजन्य गरेका थिय । कार्यक्रममा सोहि बिद्यालयका बिद्यालय व्यवस्थापन समिति सदस्य दिपेन्द्र थापामगरले सहभागीता जनाएका थिए ।



थापाले उक्त कार्यक्रमले विद्यार्थीको क्षमता वृद्धि गराउनुका साथै बिद्यार्थीको पठनपाठनको मुल्यांकन समेत भएको बताए । उनेले भने, यस्तै कार्यक्रम प्रत्येक शुक्रवार गर्न सकिए विद्यार्थीले धेरै कुरा सिक्न सक्ने छन् । हिजोका दिनमा कक्षा १-१२ सम्मका विद्यार्थीलाई राम्रो सँग ABCD आउदैन्थ्यो आज आएर केहि मिनिङ्गहरु मिलाएको देख्दा खुसि लाग्यो यस्ता कार्यक्रमहरुले विद्यार्थीमा पढ्ने लेख्ने बानीमा केहि हकमा भएपनि मन जाने भएकाले यस्ता कार्यक्रम बिद्यालयमा हुन जरुरी छ।

हरेक शुक्रबार विधार्थिको पढाइसंगै अनुशासन, आत्मक्षमता प्रदशन गर्न सक्ने बादबिवाद प्रतियोगिता, विधार्थिलाइ चुस्त र दुरुस्त राख्न खेलहरुको आयोजना, सास्कृतिक कार्यक्रम, हरेक विषयलाइ समायोजन गर्ने हाजिरिजवाफ प्रतियोगिता जस्तै: सामान्यज्ञान, अंग्रेजी मिनिङ्ग संगै शब्दहरुको प्रयोग, सामाजिक, बिज्ञान, गणित बिषयका सुत्रहरु, पढाइ हुने बिषयसंग सम्बन्धित पाठ्यक्रममा आधारित कुराहरुको समायोजन गर्दै गरे विद्यालयले हामी सवैले सोचेजस्तो रुपान्तरण दिन सक्ने बताएकाछन। साथै आज यो कार्यक्रम राखेकोमा बिद्यालयलाइ बधाई समेत दिएका छन् । उनले आफ्नो प्रसनल फेस्बुक आईडिबाट फेस्बुक लाईभ समेत जोडेका थिए




प्रकाशित मिति: २०२३-०१-०७ , समय : १२:३६:५२ , ११ महिना अगाडि