सल्यान परिबेश डट्कम , ९४२ पटक हेरिएको

काठमाडौं-
एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आ’रोप लगाए ।
उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए । उनले भने, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस् ।’
उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे ।
छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उनले आग्रह गरे ।
यो पनि – सरकारमा नरहे पनि कांग्रेस कमजोर छैन : मोहनबहादुर बस्नेत
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताए । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस
उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागीताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भएरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए ।
उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए । उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्य पनि गरे । उनले आगामी बैठक २६ पुस बिहान बस्ने छ ।
फेसबुक को प्रेम –
प्रकाशित मिति: २०२३-०१-०७ , समय : १६:२१:३० , ९ महिना अगाडि