५ महिना देखि कुवेतमा प्युठानकि तुलसा अलपत्र रुपमा अर्धचेत, दुतावास भन्छ:`अहिले सम्पर्कमै छौँ´

सल्यान परिबेश डट्कम , १२७१  पटक हेरिएको

वैदेशिक राेजगारकाे सिलसिलामा कुवेत पुगेकि एक महिला विगत ५ महिना देखि अलपत्र रुपमा अस्पतालमा अर्धचेत रहेको खुलेको छ।

विगत ४ वर्षअघि घरेलु कामदारको रुपमा गएकि प्युठानकाे झिमरुक गाउँपालिका ५ ओखरकोट बिसरे घर भई ४७ वर्षिय तुलसा जीसी तुलसा (पासपोर्ट नं. ०५८९९४१९) रहेको खुलेको छ।

अस्पतालका अनुसार उनिमा ब्रेन ह्यामरेजकाे समस्या तथा अन्य दुर्घटनाका कारण देखिएकाे छ। कुवेतको अदान हस्पिटल पीआइसीयू ३२ नं. बेडमा अर्धचेत अवस्थामा रहेकाे र पछिल्लो समय उनकाे स्वास्थ्य सुधार उन्मुख रहेको कुवेत स्थित नेपाली राजदुतावासले जनाएको छ।

तुलसाकाे अवस्था बारे सामाजिक संजालमा देखेपछि दुतावासले गम्भीरताका साथ लिई खाेजतलास गर्दै जादा अहिले उनकाे छाेरी सीता जिसी संग समेत सम्पर्क भएको र उनकाे स्वास्थ्य अवस्था बारे निरन्तर अपडेट गरिरहेकाे राजदुत नवराज सुवेदीले बताए।

तुलसा अवैद्यानिक घरेलु कामदारको रुपमा कुवेत प्रवेश गरेकाे खुलेकाे छ भने उनिमा लामाे समय देखि उच्च रक्तचाप रहेको र त्यसकै कारण कारण मस्तिष्कघात भएपछि तुलसा एक्कासी अचेत हुन पुगेकाे बुझिएको राजदुत सुवेदीले बताए ।

उनलाई नेपाल ल्याउन पहल गरिरहेकाे र परिवारले पनि परराष्ट्र मन्त्रालय, दूतावास, वैदेशिक रोजगार विभाग, कुवेतमा रहने नेपाली दाजुभाइ दिदी बहिनीहरू, एनआरएनएका प्रतिनिधि, गृहमन्त्रालयलाई समेत अनुरोध गरिसकेका छन। अहिले तुलसाकाे स्वास्थ्य अवस्थामा केही सुधार देखिए पनि घाँटिमा Tracheostomy मार्फत श्वासप्रश्वासको लागि नली हालेर उपचार भइरहेको र नेपाल पठाउने प्रक्रिया पनि चलिरहेको दुतावासले जनाएको छ।


प्रकाशित मिति: २०२३-०१-०७ , समय : २३:३३:२३ , ४ हप्ता अगाडि