देउवाले सत्ता गठबन्धन भत्काउने प्रयास गरेपछि ओली आक्रोशित

सल्यान परिबेश डट्कम , ५९७८  पटक हेरिएको

काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउने प्रयास गरेको बताएका छन् । तर, आफूहरूले देउवाको प्रयास कुनै हालतमा सफल हुन नदिने उनको भनाइ छ ।

शनिवारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो– वी विल कम ब्याक । उहाँहरूले २६ गते नै आउँछौँ भनेको हो ।

उहाँहरूले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरूमा बाडिरहनुभएको छ, प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । उहाँहरू च्याँखे थापेर बस्नुहुन्छ ।’ उनले आफूले अहिलेको सरकारलाई सफल र प्रभावकारी बनाउन चाहेको पनि बताए ।

ओलीले भने, ‘यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौँ । यो सरकारलाई हामी उपयुक्त ढङ्गले गाइड गर्न चाहन्छौँ । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टा’चार नगरोस् । भ्रष्टा’चार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरू दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौँ ।’

यो पनि : कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भनेर छलफल भयो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताए । बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले बताए ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।


प्रकाशित मिति: २०२३-०१-०७ , समय : २३:३९:३७ , ११ महिना अगाडि