सल्यान परिबेश डट्कम , १४३० पटक हेरिएको

काठमाडौं । काठमाडौं नाइट्स नेपाल टी–२० को प्ले अफमा पुग्ने अन्तिम टोली बनेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा फारवेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराउँदा काठमाडौंलाई फाइदा भएको हो ।
शनिबार भएको आफ्नो खेलमा काठमाडौं, विराटनगर सुपर किङ्ससँग ७ विकेटले पराजित भएको थियो । जितसँगै विराटनगरले प्ले अफमा स्थान बनाउँदा काठमाडौंले भने फारवेस्ट र पोखराको खेलको नजिता कुर्नुपर्ने भयो ।
६ अंकमा रहेको पोखराले राम्रो रनरेटका आधारमा फारवेस्टलाई हराएको भए मात्र प्लेअफ खेल्ने सम्भावना रहेको थियो । तर पोखरा पराजित भएसँगै काठमाडौं ८ अंकको साथमा प्लेअफ पुगेको छ र विराटनगरसँग फेरि खेल पक्का गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८७ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा १४६ रनमा अलआउट भयो । उसका लागि कप्तान उपुल थरङ्गाले सर्वाधिक ३६ रन बनाए ।
प्रतिश जिसीले ११ बलमा ५ छक्का प्रहार गर्दै ३४ रन जोडे । सिद्धान्त लोहनीले २५ बलमा १ चौका र ३ छक्का सहित २८ रन जोडे भने सुमित महर्जन १४ रनमा क्याच आउट भए । विशाल विक्रम केसी १३ रनमा स्टम्पिङ भए ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा फारवेस्टका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए भने हस्मतुल्लाह शहिदी र प्रकाश जैशीले समान २–२ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर ब्याटिङ थालेको फारवेस्टले कप्तान हर्शमतुल्लाह शाहिदी र विनोद भण्डारीको शतकीय साझेदारीको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।
उसका ओपनरद्वयले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरेका हुन् । ५१ बलमा ६ चौका र २ छक्कासहित ६७ रन बनाएका शाहिदी १४औं ओभरको अन्तिम बलमा रनआउट भए ।
फेसबुक को प्रेम –
विनोद भण्डारी भने १८.४ ओभरमा प्रतिश जिसीको बलमा क्याचआउट भएका थिए । ४७ बलको सामना गरेका उनले ६ चौका र २ छक्कासहित ५९ रन योगदान गरे ।
रासिद खानले १४ र मिलान्दा सिरिवारर्दानाले १२ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे ।
पोखराको बलिङमा अभिमन्यू मिथुनले ४ ओभरमा ३२ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसीले तीन ओभरमा ३१ रन खर्चिएर एक विकेट लिए ।
जितका बाबजुद फारवेस्टले प्ले अफमा स्थान बनाउन सकेन, तर पोखरालाई पनि रोक्यो । ६ अंक जोडेको फारवेस्ट पाँचौं स्थानमा रह्यो भने समान खेल जितेको पोखरा रन रेटका आधारमा पछाडि पर्दै पुछारमा रहँदै प्रतियोगिता सकायो ।
प्रतियोगितामा आइतबार समूह चरणमा शीर्ष स्थानमा रहन सफल लुम्बिनी अलस्टार्सले दोस्रो स्थानको जनकपुर रोयल्सले क्वालिफायर्स खेल्ने छ भने विराटनगर काठमाडौंको एलिमिनेटर खेल सोमबार हुनेछ ।
यस्तो छ खेलको अंक तालिका
टिमको नाम
|
जम्मा खेल
|
जित
|
हार
|
अंक
|
लुम्बिनी अलस्टार्स
|
१०
|
८
|
२
|
१६
|
जनकपुर रोयल्स
|
१०
|
७
|
३
|
१४
|
विराटनगर सुपर किङ्स
|
१०
|
५
|
५
|
१०
|
काठमाडौं नाइट्स
|
१०
|
४
|
६
|
८
|
फारवेष्ट युनाइटेड
|
१०
|
३
|
७
|
६
|
पोखरा एभेन्जर्स
|
१०
|
३
|
७
|
६
|
—————————————————————————–
प्रकाशित मिति: २०२३-०१-०८ , समय : ००:०७:०५ , ५ महिना अगाडि