सल्यान परिबेश डट्कम , १२०८२ पटक हेरिएको

धनकुटा । पृथ्वी जयन्ती तथा ३०१ औं राष्ट्रिय एकता दिवश आज विभिन्न कार्यक्रम गर्दे मनाईृएका छ ।
यही अवसरमा नेपाली सेनाको भीम दल गण सल्लेरी धनकुटाले साँगुरीगढीमा विषेश कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा वोल्दै वक्ताहरुले राष्ट्रियताको प्रवद्र्धन गर्न सेनाको हतियारले नभई नेपाली जनताको साथ र एकता चाहिने बताएका छन् । उनीहरुले अत्याधुनिक हातहतियारको बलले नभै सर्वसाधरण नेपाली जनताको एकताको बलले देश बन्ने बताएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पुर्वि प्रितना इटहरीका प्रितना पति सहदेव खड्काले राष्ट्रिय एकतालाई शिरमा राखेर नेपाली सेनाले देश र जनताको सेवा गरिरहेको बताए । उनले नेपाली सेनाले देश र जनता प्रति समर्पित भएर काम गरेकै कारण राष्ट्रिय एकतालाई मजवुत पार्न सफल भएको दावी गर्नुभयो ।
उहाँले नेपाल सरकारको प्राथमिकतामा परेको पदमार्ग संरक्षणको कार्यक्रम जिम्मेवारीमा रहेको वताउनुभयो । नेपाली सेनाले पुर्वि प्रितना अन्तर्गतका विभिन्न गढीहरुको संरक्षण र संम्वद्र्धनको कार्यक्रमलाई पर्यटनसंग जोडेर काम गरिरहेको वताउनुभयो ।
उहाँले विराटनगरको विराटराजाको दरवार उत्खन्न, भोजपुरमा निशान मन्दिर स्थापना, धनकुटाको निशानमा ३ सय वर्ष पुरानो ढुङ्गे धारा पुनःस्थापना, संखुवासभाको चैनपुर गढी, हेदाङ्गना गढी, भोजपुरको हतुवा गढी, उदयपुरको चौदण्डी गढी र धनकुटाको साँगुरीगढीको संरक्षणको विशेष कार्यक्रम वनाएर काम गरिरहेको वताउनुभयो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले आजको दिनले नेपाली जनतालाई अनेकतामा एकता भएर वाँच्न आजको दिन प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभयोे । उहाँले विश्वमा नेपाल जस्ता विकाशिल देशहरु शक्तिशाली देशहरुको उपनिवेश वनेका छन् । तर, नेपाललाई नेपाली जनताले त्यो अवस्थामा पु¥याउन दिएका छैन्न भन्दै आगामी दिन अझ् एकता र सशक्त भएर समृद्धिको बाटोमा अघि वढ्नु पर्नेमा जोड दिनुभयो ।
धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङ्गले कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी, जाति, धर्मले नफुटाओस भन्दै अबको दिनमा सबै एक भएर अघि वढ्न सके देशको विकास अवश्य हुने वताउनुभयो । प्रमुख साम्पाङ्गले देशको लागि सोच्न , बोल्न,हिड्न , वाँच्न, योगदान गर्न र मर्न सकौं भन्नुभयो ।’
उहाँले नेपालीहरुमा सामुहिक र एकता हुने भावनाको कमि देखिएकाले राष्ट्रिय एकताको भावानाको विकास गर्न आजको दिनले नेपाली जनतालाई सद्वुद्धि दिओस भन्ने शूभकामना व्यक्त गर्नुभयो । नेपाली जनता एक नभएसम्म देशको विकास नहुने ठोकुवा गर्दै सम्पाङ्गले हाम्रो खुशि र सुःखको लागि नेपाली जनताको एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी गाउँपालिकाले गढीको चौतर्फी विकासको लागि डिपिआर तयार पारी सकेकोले धरान उप–महानगरपालिका र नेपाली सेनासंग मिलेर प्रवद्र्धन गर्ने वताउनुभयो । उहाँले साँगुरीगढीमा आन्तरिक तथा वाह्य पर्यटक ल्याउने गरि सवैलाई समेटेर काम गर्ने दावी गर्नुभयोे । कार्यक्रमलाई धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भीमदल गणका गणपति सुमन थापा लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाले वियज प्राप्त देखाईने नेपाली सेनाले छलै नृत्य, वहुमुखी पाठशाला धनकुटाका कलाकारहरुले विभिन्न मौलिक साँस्कृतिक नृत्यहरु प्रश्तुत् गरेका थिए ।
साँगुरीगढीमा कार्यक्रम आयोजना गर्नु पुर्व धरानको फुस्रे देखि साँगुरीगढीसम्म नेपाली सेनाको टोली, नागरिक समाज, सामाजिक संघ, संस्थाका प्रमुख एवं प्रतिनिधिहरु करिव ५ किलो मिटर करिव ७ सयको संख्यामा पदयात्रामा सहभागी भएका थिए ।
पौष २८ गते बिहिबार, हेर्नुहोस् तपाइको राशिफल
प्रकाशित मिति: २०२३-०१-११ , समय : २३:४६:३५ , ९ महिना अगाडि