सन्दीप लामिछाने धरौटीमा रिहा

सल्यान परिबेश डट्कम , १२८६  पटक हेरिएको

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश पौडेलले बताए । आदेशकाे पूर्णपाठ केहीबेरमा आउने उनले बताए ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-१२ , समय : २१:४५:५५ , ४ हप्ता अगाडि