गायिका सरस्वती विश्वकर्माको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

Roshan Pokharel , १०१३  पटक हेरिएको

काठमाण्डौं
बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्ला को कुश्मा र बाग्लुङ जिल्ला को धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणिय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । ‘कुश्मा बलेवा‘ गीतको भिडियोमा अपर्ण परियार ,रामचन्द्र भुसाल , अञ्जली परियर र निर्मल पौडेलको अभिनय देख्न सकिन्छ ,

‘कुश्मा बलेवा‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : १५:५६:२९ , ८ महिना अगाडि