छिट्टै खेलमा फर्किन्छु, समयसँगै सबै कुरा बाहिर आउँछ : सन्दीप

सल्यान परिबेश डट्कम , १४९१  पटक हेरिएको

काठमाण्डाै –

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रि’हा गर्ने आदेश दिएसँगै उनी धराैटी तिरेर तारेखमा रिहा भएका छन् ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।

उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख ध’रौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

सन्दीपले समर्थकहरुसँग बोल्नुअघि कानुन व्यवसायीले उनलाई सम्झाएका थिए । धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन ।  बच्चालाई डाइट प्लान कति जरुरी ?

केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’

काठमाडौं, उच्च अदालतले सर्तसहित थुनामुक्त गर्न आदेश दिए पछि नेपाली क्रिकेटका पुर्व कप्तान जिल्ला अदालत, काठमाडौं पुगेका छन् ।रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारवाट जिल्ला अदालत ल्याईएको हो । जिल्ला अदालतमा आवाश्यक का’रवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन ।



क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ ध’रौटी बुझाएर शुक्रबार हिरासतमुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले ज’बर्ज’स्तीकरण मुद्दामा लामिछानेलाई धरौ’टीमा रिहा गर्न आदेश दिएको थियो ।अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो ।

मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन् । काठमाडनैं बाहिर जाँदा पनि अनुमति लिएर जानुपर्नेछ । अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने,

जा’नुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पी’डित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पी’डित र पी’डितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई ड’र, त्रा’स, ध’म्की, द’बाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने,  २०७९ पौष २९ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे ध’रौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने क’डा सर्त सुनाएको छ ।उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ ।

आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । अब उनले क्रिकेट खेल खेल्नसमेत पाउने भएका छन् ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : १९:०१:०४ , ४ हप्ता अगाडि