सल्यान परिबेश डट्कम , २४२४ पटक हेरिएको

काठमाडौं,
सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जु’वा खेलाउने चार जनालाई प्रहरीले प’क्रा’उ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प’क्रा’उ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू प’क्रा’उ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो पनि : –
सुर्खेत, – सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको गरेको बतााएको छ ।भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।
गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताए । पाँच सय परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् ।
विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या १५० छ। उनीहरू भारत तथा बाहिर भएकाले पनि लालपुर्जा नलिएको हुन् ।वीरेन्द्रनगर र लेकबेँसी, सिम्ता र चिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाले नगर उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया सुरु बताए ।
केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको कार्य अघि बढ्न सकेको हो ।लेकबेँसी नगरपालिकाले भूउपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएको छ। नगरप्रमुख उमेशकुमार पौडेलले अब तत्काल भूउपयोग नीति बनाएर प्रक्रिया थालिने बताए ।
यो पनि : – २०७९ पौष २९ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल
सिम्ता गाउँपालिकामा पनि भूउपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । भूउपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने छ । चिङ्गाड गाउँपालिकामा तथ्याङ्क सङ्कलनमै ढिलाइ भइरहेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले निवेदन लिन छुटेकालाई फेरि सूचना जारी गरेर
लगत सङ्कलन गर्नुपर्ने माग आएपछि आयोगले निर्णय गरेको जानकारी दिए । चिङ्गाड गाउँपालिकाले पनि भूउपयोग नीति बनाएको छैन । अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झन्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए। तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका थिए ।
यो पनि : – बच्चालाई डाइट प्लान कति जरुरी ?
प्रकाशित मिति: २०२३-०१-१३ , समय : १९:१८:०७ , ११ महिना अगाडि