मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेले एक लाख रुपैयाँ पाउने

सल्यान परिबेश डट्कम , ३६८  पटक हेरिएको

मुगु, पुस ३० । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ।

नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास गरेको छ ।


बि.स.२०७९ पौष ३० गते शनिबार, हेर्नुहोस् तपाइको राशिफल

प्रकाशित मिति: २०२३-०१-१४ , समय : १३:१७:३९ , ३ महिना अगाडि