सल्यान परिबेश डट्कम , २४३९ पटक हेरिएको

दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ऋणपान गरेर नेपाली युबाहरु विदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहाँ वैदेशिक रोजगारीको नाममा कतिपयले ठगीको व्यापार गर्दै आएका छन । देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेकाउक्ति छन ।
सुन्दा निकै नै दुःख लाग्छ, तर पछिल्लो समय वैदेशिक रोजगारीको नाममा करोडौंको ठगी हुनेगरेको छ र यसको मारमा पर्छन सिधासाधा मान्छेहरु । आजको घटना यस्तै प्रकृतिको रहेको छ । मेनपावरको मनपरीले गर्दा कतिपय बिदेश गएका नेपाली नागरिक काठको बाकसमा लाछ भएर आएको र बिदेशमे अनेकों सास्ती भोगेको कैयौं उदाहरण छन हामीसँग । यो पनि :👉 बि.स.२०७९ माघ १ गते आइतबार, हेर्नुहोस् तपाइको राशिफल
केही दिन अगाडिको मात्र कुरा हो गणेश दङ्गाल नाम गरेका एक पुरुषले कोरिया पठाईदिन्छु भन्दै चारजना व्यक्तिसँग २५-२५ हजार पैसा उठाएर अन्त्यमा उनी अहिले नागरिकता पासपोर्ट सबै कुम्ल्याएर बिराटनगरमा ल्याएर बिजोग अवस्थामा छोडीदिएका थिए ।
एमबेस्सीमा काम गर्ने हो कोरियन भाषा नै पढ्नुपर्दैन भनेपछि आफुहरुले बिश्वास गरेर नागरिकता पासपोर्ट पनि जिम्मा लगाएको एक पिडित पुरुषले बताएका थिए । उक्त ब्यक्तिलाई चिनेको एक महिनामात्र भएको तर सानो छोरीको कसम खाएर कोरिया पठाईदिन्छु भनेपछि आफुहरु विश्वास गर्न बाध्य भएको उनिहरुले बताएका थिए ।
यसैक्रममा आज भने उने गणेश दङ्गालसँग राम्रो चीनजान भएका र घटना भएपछि उनिसँग कुरा गरेका एक पुरुष सम्पर्कमा आएका छन गणेशले भने यो कुरा सबै झुट भएको बताएका छन। उनको ठगसँग राम्र चीनजान रहेको बताउँदै ठगीबारे सम्पुर्ण बेलीबिस्तार लगाए ।
प्रकाशित मिति: २०२३-०१-१५ , समय : ००:२६:१६ , ५ महिना अगाडि