रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

सल्यान परिबेश डट्कम , ६०४  पटक हेरिएको

माघ,१।रोल्पा – गंगादेव गाउँपालिका-४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो ।

मृतक वली गंगादेव-७ तिम्ले निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ । यो पनि :👉 हेर्नुहोस् माघ १ गते देखी ७ गतेसम्मको साप्ताहिक राशिफल

प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : ०८:४५:३१ , ५ महिना अगाडि