दुर्घटना विमानमा सवार ७२ मध्ये ११ विदेशी ३ बालबालिका

सल्यान परिबेश डट्कम , २४८६  पटक हेरिएको

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १३:१०:४९ , ११ महिना अगाडि