पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

सल्यान परिबेश डट्कम , १७७०  पटक हेरिएको

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।

’३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’

मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए।

अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।

जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १६:०५:०५ , ५ महिना अगाडि