सल्यान परिबेश डट्कम , ६२३ पटक हेरिएको

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ। दुर्घटनामा मृत्यु भएका ३२ जनाको शव अहिलेसम्म फेला परेको छ। उद्धारको कार्य जारी छ।
६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।
जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।
काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।
प्रकाशित मिति: २०२३-०१-१५ , समय : १६:११:०७ , ११ महिना अगाडि