पुष्कर बिहानी , १६८६ पटक हेरिएको

माघ ०१, सल्यान । सल्यानमा एक पुरुषले आफ्नै सहोदर भान्जालाइ खुर्पा प्रहार गरि हत्या गरेका छ्न ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाडा बस्ने ३४ बर्षिय डम्बर पुरीले सोही ठाउँका ८ बर्षिय भान्जा भिजन घर्तीलाई खुर्पा प्रहार गरि हत्या गएका हुन ।
शनिबार दिउसो करिब २ बजेको समयमा मृतक बालकको घर आगन अगाडि रहेको मन्दीर भित्र खुर्पा प्रहार गरि टाउको र शरीर अगल पारेर पुरीले घर्तीलाई हत्या गरेका छ्न ।
घटनाको बारेमा जानकारी पाउन साथ इप्रका देबस्थल सल्यानबाट प्र.स.नि ऋषिराम दाहालको कमान्डमा ५ जनाको प्रहरी टोलि र जि.प्र.का सल्यानबाट प्र.नि गोपाल श्रेष्ठको कमान्डमा SOCO सहित ७ जनाको प्रहरी टोलि खटेर घटनास्थलमा पुगेको थियो ।
प्रहरीले हत्या गर्ने मामालाइ प्रहरीले खुर्पा सहित नियन्त्रणमा लिएको छ । हत्या गर्ने मामाको मानसिक अवस्था ठिक नभएको बताएको छ ।
मृतक बालकको लास मन्दिर भित्र खाडल खनेर पुरिएको अवस्थामा फेला परेको थियो ।
प्रकाशित मिति: २०२३-०१-१५ , समय : १७:५६:३४ , ९ महिना अगाडि