यति एयरलाइन्सका भोलि हुने सबै उडान रद्द

सल्यान परिबेश डट्कम , ४८८  पटक हेरिएको

पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।

आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।

भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : २२:०७:४४ , ५ महिना अगाडि