पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ

सल्यान परिबेश डट्कम , ७५०  पटक हेरिएको

नाबालिका बलात्कार आरोमा कारागारमा रहेका अभिनेता पल शाहलार्ई तनहुँ जिल्ला अदालतले सफाई दिएको छ ।

आज भएको सुनुवाईमा अदालतले शाहलाई सफाई दिएको हो ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार आरोपमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

यो पनि :👉 कपुरकोट गा.पा.३ पाखापानिकी अमृता सेन पौष २८ गते देखि सम्पर्क बिहिन l

शाहविरुद्व तनहुँ र नवलपुरमा छुट्टा छुट्टै जाहेरी परेको थियो । जिल्ला अदालत नवलपुरले भने यसअघि नै शाहलाई बाल यौन दुरुपयोगको आरोपमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्ति भराउन आदेश दिइसकेको छ । नवलपुर अदालतको आदेशविरुद्व पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

उच्च अदालतले नवलपुर जिल्ला अदालतको फैसला उल्टाएको खण्डमा मात्रै बल्ल पल रिहा हुनेछन् ।

प्रकाशित मिति: २०२३-०१-१७ , समय : २३:२४:०५ , ९ महिना अगाडि