काग मात्र यस्तो पन्क्षी हो जसले उडिरहेको बाजको पिठिउँमा बस्छ दामोदर शर्मा

Salyan Paribesh , ५६३  पटक हेरिएको

निरन्तर संघर्ष नै जीवन हो अघि बढौ।।।।।
काग मात्र यस्तो पन्क्षी हो जसले उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।

आफूलाई ठुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ।
[smartslider3 slider=”2″]
यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता उल्झनलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन ।
हामी केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो हाम्रो बुइ चढेर वा हामीलाई सीढि बनाएर खराब नियतका साथ शासन गर्न र शासक बन्न चाहन्छन्।

प्रकाशित मिति: २०२२-०१-१३ , समय : २१:१५:०६ , २ वर्ष अगाडि