Salyan Paribesh , ७२० पटक हेरिएको

माघ २८, दाङ ।
दाङको तुलसीपुर बजार स्थित एक पसलमा आगलागी हुँदा ५ जनाको मृत्युु भएको छ ।
तुलसीपुर बजारको ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जसमा ४ जना बालबालिका रहेका छन् ।
मृत्यु हुनेमा करिब ४२ वर्षीय नजरदिन अली, करिब ६ वर्षका अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस र करिब १६ वर्षीय मसिन बकस रहेका छन् ।
शवलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाबारे अनुसन्धान भैरहेको डिएसपी अर्यालले बताए ।
प्रकाशित मिति: २०२२-०२-११ , समय : ०६:११:५२ , २ वर्ष अगाडि