खेल मैदानमै हेलिकप्टर उतारेपछि क्याम्टेन,यात्रुसँग स्थानीय र आयोजकको हातथपाई

सल्यान परिबेश डट्कम , १००८  पटक हेरिएको

स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइरहेको चलिरहेको थियो । माघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रति’स्पर्धा भइरहेको थियो ।

वालिङकै ४ जना युवा त्यतिबेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक गरे । विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना हेली चढेर वालिङ पुगे ।

वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न द’बाव दिए । हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे । खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अल’मलिएका थिए ।

यो पनि :👉  बि.स.२०७९ माघ ६ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

तर चार जना यात्रु झारेपछि कुनै समस्या नभइ जानेर नै हेलिकप्टर अवतरण गरेको थाहा पाएपछि खेल आयोजक आक्रोसित बने ।‘पोखरामा र’ क्सी खाएर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर जाने सल्लाह गरेर आएका रहेछन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’

खेल मैदानमै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा उनीहरुले पाइलट डंगोल र यात्रुलाई हात पात गरे ।‘के कारणले खेल चलिरहेका बेला मैदानमै हेलिकप्टर झारेको भनेर आयोजन, स्थानीय र खेलाडीबीच भनाभन भएछ ।

त्यही क्रममा धकेलाधकेल भएको हामीले जानकारी पायौं,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘कसैसँग पनि समन्वय छैन । भोलि त्यसको दु’ र्घटना भएको भए के हुन्थ्यो ? स्थानीय आक्रो’शित हुनु अस्वभाविक देखिएन । तर, घट’नाको अनुस’न्धान भइरहेको छ ।’



स्थानीय, हेलिकप्टरका चालक र यात्रुबीच भनाभनका क्रममा लफडा भएको उनले बनाए । ‘बिना जानकारी खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई लेखेर पठाएका छौं,’ सीडीओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनु’सन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु ।

बिना जानकारी लहडबा’जीमा झार्न पाइँदैन । स्थानीयबासिन्दाको सुरक्षाको कुरा पनि हुन्छ ।’खेलमैदानमा अवतरण गरेको हेलिकप्टर पोखरा फर्केको छ । वायुसेवा सञ्चालक संघले पाइलटमाथि कु”टपिट भएको भन्दै घ”टनामा संलग्नलाई कारबा’ही गर्न माग गरेको छ ।

प्रकाशित मिति: २०२३-०१-२० , समय : ०९:५५:४२ , ३ हप्ता अगाडि