उमेर पुगेका केटाकेटी राजीखुशीले होटलमा बस्छन् भने प्रहरीले छापा हान्ने छैन : एसपी केसी

सल्यान परिबेश डट्कम , ८४२  पटक हेरिएको

ठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले प्रहरीले अरनिको राजमार्ग छेउछाउका होटलहरुमा छापा नहान्ने बताएका छन् । उमेर पुगेको केटाकेटी राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने उनको भनाई छ ।‘उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा आएर बस्छ भने त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैन ।’

हालै एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन् ‘त्यो प्रहरीको काम होइन ।’ उनको यो भनाई यतीबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हप्ता उठाउन होटलमा छापा हान्ने गरेको आ’रोप प्रहरीमाथि लाग्दै आएको छ । तर, एसपी केसीले यस्ता काम प्रहरीले नगर्ने बताएका छन् ।

उनले भक्तपुरका कुनै होटलले अ’वैध रुपमा वेश्यावृत्ति गराएको खण्डमा भने छापा हानेर आवश्यक कारबाहीका लागि समेत तयार भएको बताए । उनले भने,  कुनै होटलले आफैले मान्छे राखेर, फोन गरेर मान्छे बोलाएर, पैसा तिराएर अनैतिक काम गराउँछ भने समातेर ल्याउने मात्र हैन, होटलै बन्द गराउँछु ।

यो पनि :👉 बि.स.२०७९ माघ ६ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

यसमा हाम्रो स्वार्थ केही पनि छैन, अहिले त्यस्तो नदेखेरै छापा नहानेको हो । एक महिनामा हैन, दिनमा चारपटक भए पनि छापा हान्न तयार छौं, तर अहिले त्यो अवस्था आएको छैन ।’ तर, कुनै होटलमा वेश्या’वृत्तिको गतिविधि भएमा भने कार’बाही गरिने उनको चेता’वनी छ ।


प्रकाशित मिति: २०२३-०१-२० , समय : १०:०४:२३ , ११ महिना अगाडि