दिल बिक्रम शाही , ६९४७ पटक हेरिएको

माघ ०६ शिवालय । जाजरकोटको शिवालय गाउँपालिका ६ थालारैकरमा रहेको श्री ईन्द्र ज्योति मा.वि विद्यालयले गरेको हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
ईन्द्र ज्योति मा.वि विद्यालयले केहि हप्ता अघि देखि शुक्रबारे कार्यक्रम नियमित रुपमा गर्दै आईरहेको छ । विद्यालयले शुक्रबार ( आज) हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम राखेको थियो । कार्यक्रमका संचालक सोहि विद्यालयका शिक्षक शान्त बहादुर बुढाले गरेका थिए ।
कार्यक्रमका सभा अध्यक्ष सोहि विद्यालयका प्र.अ निम खत्री र विशेष अतिथि टोपेन्द्र कुमार शाही रहेका थिए । कार्यक्रममा कक्षा ६-१२ कक्षा सम्मका विद्यार्थीले भाग लिएका थिए । हाजिरी जबाफ प्रतियोगिता कार्यक्रममा ५ वटा ग्रुप बिभाजन गरिएको थियो ।
५ वटा ग्रुपको नाम क्रमशः सगरमाथा , कंचनजंगा , धौलागिरी , अन्नपूर्ण र मकालु राखिएको थियो । उक्त कार्यक्रममा ६० प्रश्न मध्य ३५ वटा प्रश्न सोधिएको थियो । जम्मा ११ वटा प्रश्न मात्र भाग लिएका विद्यार्थीले मिलाएका हुन् । अन्य प्रश्नहरु बाहिरियका थिए जस मध्य बाहिरका विद्यार्थी मदन बि.सी ले करिव १० प्रश्न माथि नै मिलाएका थिए । सबैभन्दा धेरै प्रश्न मिलाएर प्रथम धौलागिरी ग्रुपका टिमले ५ वटा प्रश्न मिलाएर प्रथम पुरस्कार हात पारेका छन । यस्तै ३ प्रश्न मिलाएर दृतिय पुरस्कार सगरमाथा ग्रुपले हात पारेका हुन् भने ,२ प्रश्न मिलाएर तृतीय पुरस्कार अन्नपूर्ण ग्रुपले हात पारे । १ प्रश्न मिलाएर सान्तोना पुरस्कार मकालु ग्रुपले पाए । कंचनजंगा ग्रुपका ले खाता पनि खोल्न सकेन्न ।
पुरस्कार स्वरुप कापि कलमको ब्यवस्था विद्यालयले गरेको थियो । सोहि विद्यालयका शिक्षक मान बहादुर थापा मगर विष्णु प्रसाद शर्मा प्रेम बहादुर शाही रमेश शाही शर्मिला शाही लगायतले पुरस्कार वितरण गर्दै भने,यो भन्दा धेरै अध्यन गर्दै जानु अध्यन गर्न आबश्यक छ । सामाजिक,जनसंख्या,गणित,बिज्ञान,अंग्रेजी,इतिहास लगायतका प्रश्न सोधिएको थियो ।
प्रकाशित मिति: २०२३-०१-२० , समय : १५:४४:२६ , १० महिना अगाडि