बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाइ स्वर्ण पदक

सल्यान परिबेश डट्कम , ३७१४  पटक हेरिएको

बंगलादेशको ढाकामा आज भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् । पुष्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानी समेत बनाएकी छन् । उनी सल्यानको शारदा नगरपालिका १४ निवासी हुन ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : ००:४६:४० , ३ हप्ता अगाडि