सुदन गैरेको स्वरमा ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ बोलको गीत सार्वजनिक

तुला राम डाँगी क्षेत्रि , १९९२  पटक हेरिएको

सुदन गैरेको स्वरमा ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ बोलको गीत सार्वजनिक भएको छ।

‘राइट ट्युन इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।

गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव व्यक्त गरेको छ। गणेश शाहीको शब्द रहेको गीतमा गायक गैरेले संगीत भरेका छन् भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन्।

गीतको भिडिओमा सरोज प्रजा र बिना राउतलाई देख्न सकिन्छ।

गणेश शाहीले निर्देशन गरेको गीतको भिडिओलाई फराज अर्पणले छायांकन र सम्पादन गरेका हुन्।


प्रकाशित मिति: २०२३-०१-२१ , समय : ०१:०४:५० , ३ हप्ता अगाडि