सल्यान कला साहित्य परिषद्ले राउटे बस्तीमा गजल वाचन तथा राहत वितरण कार्यक्रम सम्पन्न

Salyan Paribesh , ३१४  पटक हेरिएको

साहित्यलाई पनि सेवा मुलक बनाउने अभ्यासमा रहेको सल्यान कला साहित्य परिषद्ले राउटे बस्तीमा गजल वाचन तथा राहत वितरण आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला र जिल्ला वाहिर विभिन्न पृथक साहित्य गतिविधि गर्दै आइरहेको परिषद्ले यसपटक सुर्खेतको सिम्ता गाउँपालिमा बाखर्क (सिर्जना बजारमा ) अस्थाई बसोबास गरिरहेका राउटे समुदायका ४८ घरधुरीलाई खाद्यान्न वितरण र गजल वाचन कार्यक्रम रहेको थियोे ।
स्थानीय प्रशासन र स्थानीय सरकारको रोहवरमा स्वास्थ्य मापदण्ड अपनाएर राहत वितरण गरिएको हो ।

सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाए ‘एक्सनको सभाध्यक्ष सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र के सिको प्रमुख आतिथ्यमा भएको उत्त कार्यक्रमको सहजिकरण लोकेश जलनले गर्नुभएको थियोे

स्थानीय तह ,स्थानीय वासिन्दाको सहयोग,सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र के सि ज्युको आत्मियता प्रती राउटे समुदायको स्वास्थ्य,चेतनामा रहेर भुमिका खेलिदिने स्थानीय प्रशासन राउटे बस्तीमा रातह वितरणमा उपस्थित सम्पुर्ण सरोकारवाला गजल वाचनमा रहने गजलकार हरु कोकिला सिंह ठकुरी ,सुनिल राना ‘बिरही’ टोप घर्ती ‘अनुरागी’ मनोज दहाल ‘मुनु’ नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाइ दिने कलाकार बालिका भण्डारी ,झरना बुढा मगर,अनुराधा पुन मगर उपस्थित साहित्यकार पृथ्वी बहादुर सिंह,पुर्ण समीर लगायत थुप्रै परिषदहरुको उपस्थित भएको सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष : भरत रोकाय ‘एक्सन’ ले सल्यान परिवेश डटकम लाइ जानकारी गराउनु भएको थियो।


प्रकाशित मिति: २०२२-०२-११ , समय : १४:१५:०७ , १२ महिना अगाडि