सल्यान परिबेश डट्कम , १०७० पटक हेरिएको

जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै ह’त्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकै’द फैसला सुनाएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा,जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष ज’न्मकै’द र सुस्मिताकी सासूलाई ह’त्याको मतियार ठहर गरी १० वर्ष कै’दको फैसला गरेको हो ।
सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले ह’त्या गरिएको थियो ।भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।भान्सामा बी’भत्स ढंगले ह’त्या गरिएको अवस्थामा सुस्मिताको श’व फेला परेको थियो ।परिवारले सुस्मिताको ह’त्यालाई आ’त्मह’त्या देखाउने प्रयास गरेको थियो ।
कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दु’र्घ’टनामा मृ’त्यु भएको थियो ।उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दु’र्घ’टनामा मृ’त्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि ह’त्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो । अदालतको फैसलाप्रति खुसी हुँदै सुस्मिताकी आमा गंगाले अदालतको फैसलाबाट अ’परा’धीहरुको मनोबल गिर्ने आस व्यक्त गरिन् । ‘यो फैसलाले मेरो छोरीले न्याय पाइन्’, उनले भनिन् ।
प्रकाशित मिति: २०२३-०१-२१ , समय : १५:५३:२२ , ८ महिना अगाडि