दाङमा १३ वर्षीया बालिका बलात्कृत

सल्यान परिबेश डट्कम , ४५७  पटक हेरिएको

दाङ्मा बालिका जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १०:२९:४९ , २ हप्ता अगाडि